२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगञ्जको अघोषित लोडसेडिङ्विरुद्ध नागरिक धर्नामा



नेपालगञ्ज :  चर्को गर्मीमा नेपालगञ्जमा बढ्दो अघोषित लोडसेडिङ्विरुद्ध जनदवाव दिइएको छ । विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको मुलगेटमा धर्नासहित दवाव दिइएको हो ।

समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज जस्तो अत्याधिक गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताए । उनले भने–‘गर्मीले आहात भएको बेलामा विद्युत नहँदा झनै समस्या उत्पन्न भएको छ ।’

उनले बिद्युत प्राधिकरणले जनतालाई कुनै जानकारी नै नदिएर बिद्युत जतिबेला पनि काट्दा आफुहरु बाध्य भएर आन्दोलित हुनु परेको बताए । उनले विद्युत आफूर्ती पुग्दैन भने पनि जानकारी गराउनु पर्ने बताए ।

सो क्रममा बोल्ने अन्य बक्ताले पनि अघोषित लोडसेडिङ तत्काल बन्द गर्नुपर्ने माग गरेका थिए । सो क्रममा नागरिक समाजका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी, लायन्स तथा लियो क्लबका प्रतिनिधी, गैर सरकारी संस्था महासंघ, होटल ब्यवसायी, अधिकारकर्मी, वकिल, पत्रकार, सर्बसाधारण लगायतको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

नेपालगञ्जमा बिहीबार बेलुका बसेको सरोकारवालासहितको बैठकले लोडसेडिङ विरुद्ध दवाव दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार
ताजा समाचार