२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

नरैनपुरका आगलागी पीडितलाई एमालेको आर्थिक सहयोग हस्तान्त्रण



नरैनापुर(बाँके) :  बाँकेको नरैनापुर–४ मा एक महिना अघि भएको आगलागी पीडितलाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपालगञ्जमा घोषणा गरेको नरैनापुरका १६ जना परिवारका लागि राहत रकम सम्बन्धित परिवारहरुलाई हस्तातरण गरिएको छ ।

विहिबार नरैनापुरमा एक अनौपचारिक भेटघाटको अवसरमा सो रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा पार्टिका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुर्य ढकालले प्रति परिवार ९५ हजार ७ सय ५० रुपैंया प्रत्येक परिवारलाई हस्तान्तरण गरेका थिए ।

सो रकम हस्तान्तरण गर्दै बाँके ईन्चार्ज ढकालले एमाले सत्तामा रहे पनि नरहे पनि जनताको सुखदुखमा भने संधै साथ रहने बताएका थिए । नेकपा एमाले बाँकेले यस अघिपनि प्रत्येक परिवारलाई ३–३ बण्डलका दरले जस्तापाता समेत वितरण गरेको थियो ।

सो अवसरमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सेम शाक्य, रामकुमार दिक्षित, जिल्ला सल्लाहकार समितिका अध्यक्ष मदुसुदन शर्मा जिल्ला कमिटी सदस्य कुष्ण श्रेष्ठ, कृष्णा पाठक, बलराम भट्टराई बिक्रम यादव, सोहनलाल यादवलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ जेठ ५ गते बिहीबार
ताजा समाचार