बारेकोटको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै पूर्वपत्रकार गिरी निर्वाचित

सदरलाइन संवाददाता ४ जेष्ठ २०७९, बुधबार १९:२३
 

सुर्खेत : प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरी जाजरकोटको बारेकोट अध्यक्षमा निर्वाचित भएका छन् । उनी लामो समयदेखि जाजरकोटमा रहेर नेपाल टेलिभिजन, राजधानी दैनिक लगायतका सञ्चार संस्थामा जिल्ला प्रतिनिधि रहेर पत्रकारिता गर्दै आएका थिए ।


गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर शाहलाई १०९ मतको अन्तरमा पराजित गर्दै उनले विजयी हासिल गरेका हुन् ।

उनले ३९५४ मत ल्याए ।  शाहले ३८४५ मत पाए ।  उपाध्यक्षमा नेकपा माओवादीका नरबहादुर गिरी विजयी भएका छन् । उनले ३६६३ मत ल्याए । उपाध्यक्षमा एमालेकी गीता कुमारी सिंह ३४०१ मत ल्याउँदा पराजित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा प्रहरी नियन्त्रणमा रहेका यादबकाे रहस्यमय मृत्युु

४ जेष्ठ २०७९, बुधबार १९:२३
नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको निधन भएकाे छ । नरेनापुर-५ मटेहियाका  ३५ वर्षिय रामपाल यादवकाे प्रहरी कस्टडीमा रहेकैबेलामा मृत्युु भएकाे हाे । मृतक यादवलाई बलात्कारको आराेपमा प्रहरीले गएराती १ बजे नियन्त्रणमा लिएको थियाे । स्थानीयले प्रहरीले नियन्त्रणमा लिएर मृतक यादबलाई कुटेर हत्या गरेकाे आराेप लगाएका छन। […]

सम्बन्धित