२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

खजुराको अध्यक्षमा माओवादी केन्द्रका ‘तुफान’ निर्वाचित



नेपालगञ्ज : खजुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक (तुफान) र उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु मल्ल विजयी भएकी छन् ।

तुफानले एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । तुफानले १० हजार सात सय ९० मत पाए । उनका निकतम प्रतिद्वन्द्वी एमालेका मल्लले ९ हजार एक सय ३७ मत पाएका छन् ।

त्यसैगरि, उपाध्यक्षमा मञ्जु मल्लले १० हजार ३४ मत पाएर विजयी भइन् । उनका निकतम प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशाले आठ हजार ९१ मत पाएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

त्यसैगरी, एकीकृत समाजबादीबाट अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले सात सय ९८ र राप्रपाका अध्यक्षका उम्मेदवारले एक हजार एक सय ७६ मत पाएको उनले बताए ।

प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार
ताजा समाचार