राप्तीसोनारीको अध्यक्ष उपाध्यक्षमा काँग्रेसका पौडेल र थारु विजयी

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १२:२४
 

राप्तीसोनारी ( बाँके )  : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रका पट्टु थारुलाई ८ सय २० मतको अन्तरले पछडि पार्दै उनी निर्वाचित भएका हुन् । पौडेलसँगै उपाध्यक्षमा पनि कांग्रेसकै मनिषा सिंह थारु निर्वाचित भइन ।

कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरेका छन । यस्तै नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।


यसैगरी उपाध्यक्षमा मनिषाले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । मनिषाले १०१३४ मत प्राप्त गरिन । उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरेकी छन । यसैगरी माओवादी केन्द्रकी मन्जु रोकायले ८७९३ मत ल्याएकी छन ।

कुल ९ वटा वडा रहेको सो गाउँपालिकामा कांग्रेसले कुनै पनि वडा अध्यक्ष र वडासदस्य जित्न सकेको छैन । २०७४ मा कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ५ वडा वडा जितेको थियो । फोटो सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ३३ वडाको नतिजा सार्वजनिक

३ जेष्ठ २०७९, मंगलवार १२:२४
नेपालगञ्ज :  बाँकेका ८१ वटा वडा मध्ये मंगलबार बिहानसम्म ३३ वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जसमा एमालेले ९, माओवादी केन्द्रले ९, काँग्रेसले ८, जसपाले ५ र राप्रपाले २ वटा वडा जितेका छन् । कसले कहाँ जिते १. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी २. […]

सम्बन्धित