बाँकेमा मतगणनाको वडागत मतपरिणाम

सदरलाइन संवाददाता २ जेष्ठ २०७९, सोमबार १६:४८
 

नेपालगञ्ज : बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बाँकेमा रहेका ८१ वटा वडामध्ये २४ वटा वडाको परिणाम सार्वजनिक हुँदा सबैभन्दा बढी वडा एमालेले जितेको छ ।


एमालेले अहिलेसम्म ८ वटा वडा जितेको छ । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले ६/६ वटा जितेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले ३ र राप्रपाले १ वटा वडा जितेका छन् ।

वडामा निर्वाचित वडाअध्यक्षको विवरण :-
१. नेपालगञ्ज १ मा एमालेका प्रमोद रिजाल पुनः निर्वाचित ।
२. नेपालगञ्ज २ मा राप्रपाका मनोज श्रेष्ठ निर्वाचित ।
३. नेपालगञ्ज २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित ।
४. नेपालगञ्ज २३ मा कांग्रेसका उम्मेदवार जबर अलि बेहना निर्वाचित ।
५. जानकी १ मा जसपाका उम्मेदवार मो. रजा राई निर्वाचित ।
६. राप्ती सोनारी १ मा एमालेका यमबहादुर खड्का निर्वाचित ।
७. राप्ती सोनारी २ मा एमालेका ज्ञानेन्द्रराज ओली निर्वाचित ।
८. राप्तिसोनारी ३ मा एमालेका मिनकुमार थारु निर्वाचित ।
९. कोहलपुर १ मा माओवादी केन्द्रका बद्रीप्रसाद जैशी निर्वाचित ।
१०. कोहलपुर १५ मा कांग्रेसका दिपेन्द्रकुमार थारु निर्वाचित ।
११. खुजुरा १ मा कांग्रेसका मनविर खत्री निर्वाचित ।
१२. खजुरा २ मा माओवादी केन्द्रका धनीराम ओली निर्वाचित ।
१३. डुडुवा १ मा  कांग्रेसका पटेश्वरी कुर्मी पुनः निर्वाचित ।
१४. बैजनाथ १ मा एमालेका रुपबहादुर मल्ल निर्वाचित ।
१५. नेपालगञ्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित ।
१६. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्धिकी पुनः निर्वाचित ।
१७. राप्ती सोनारी ४ मा माओवादी केन्द्रका मिनराज खड्का निर्वाचित ।
१८. राप्ती सोनारी ९ मा एमालेका सोहनलाल थारु निर्वाचित ।
१९. जानकी २ मा माओवादी केन्द्रका चन्द्रिका गुप्ता पुनः निर्वाचित ।
२०. डुडुवा ६ मा एमालेका मोहनराम मिश्र पुनः निर्वाचित ।
२१. नेपालगञ्ज २० मा जसपाका कौसल धोवी निर्वाचित ।
२२. राप्ती सोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित ।
२३. कोहलपुर २ मा कांग्रेसका हरि कठायत निर्वाचित ।
२४. खजुरा ४ मा माओवादी केन्द्रका टेकबहादुर रोका क्षेत्री निर्वाचित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा ६ मा एमालेको प्यानलै विजयी

२ जेष्ठ २०७९, सोमबार १६:४८
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । डुडुवा ६ को वडाध्यक्षमा एमालेका मोहनराम मिश्रसहित पुरै प्यानल विजयी भएको हो । मिश्रले नेपाली काँग्रेसका उम्मेदवार मनोरथलाल कुर्मीलाई १ सय ५३ मतले पराजित गरेका छन् ।