नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका तप्त पौडेलले २२ मतले अग्रता लिएका छन् । नेकपा एमालेका रामदास थारु दोस्रो स्थानमा रहँदै पौडेललाई पछ्याइरहेका छन् ।
अहिलेसम्मको मतगणना अनुसार कांग्रेसका पौडेलले ७४७० मत ल्याउँदै पहिलो स्थानमा छन् भने एमालेका थारु ७४४८ मतका साथ दोस्रो स्थानमा छन् । थारु पौडेल भन्दा २२ मतले पछि छन् ।
त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ६६०२ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७५५५, कांग्रेसकी मनिषासिंह थारुको ७३८५ र माओवादीकी मन्जु रोकायले ६०२९ मत पाएका छन् । अहिले वडा नं. ५, ६ र ७ को मतगणना जारी छ ।