२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगञ्जमा गठबन्धनका विष्ट अगाडि पछाउदै नन्दलाल



नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख पदमा काँग्रेस जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट २१४० मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा राप्रपाका नन्दलाल बैश्यले १०३३ र तेस्रो स्थानमा रहँदै एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन् ।

यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राईको १४४२, राप्रपाकी विन्दु चर्ती मगरको १०८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गरेकी छन ।

नेपालगञ्जमा वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा ८१,७९४ मतदाता मध्ये ६१,२०५ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार
ताजा समाचार