नेपालगञ्ज वडा नं. २३ बाट काँग्रेसको विजयी शुरुवात

सदरलाइन संवाददाता ३१ बैशाख २०७९, शनिबार १७:२४
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले खाता खोेलेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बार अली बेहना विजयी भएका छन् ।


जब्बार नेपाली काँग्रेसको वडा नम्बर २३ को बुथ सभापति समेत छन् । उनले जसपाका मो.हुसेन शेषलाई पराजित गर्दै आफू विजयी भएका छन् । शेष यस अघिका वडा अध्यक्ष हुन् । बेहनाले २३२ र शेषले १९४ मत पाएका छन् । निर्वाचन अधिकृतद्वारा यसको औपचारिक घोषणा हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमेयरका उम्मेदवार पक्राउ

३१ बैशाख २०७९, शनिबार १७:२४
नेपालगञ्ज : दाङमा खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकाका स्वतन्त्रबाट उपमेयरमा उम्मेदवार शुसिल गन्दर्भ पक्राउ परेका छन् । उपमेयरका उम्मेदवार गन्दर्भलाई खुकुरी प्रहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । र्ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार तुलसीपुर ४ स्थित उम्मेदवार गन्दर्भकै घर नजिकै शुक्रवार राती […]