एमाले नेपालगञ्ज–१९ को प्रचार र्याली

सदरलाइन संवाददाता २५ बैशाख २०७९, आईतवार १८:०२
 


नेपालगञ्ज : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलहरु प्रचार अभियानलाई तिब्र पारेका छन् ।

यसैक्रममा नेकपा एमाले नेपालगञ्ज –१९ कमिटीले बसुदेवपुरको जानकीटोलबाट वडा अध्यक्षका उम्मेदवार धनराज कुर्मी (चौधरी) सदस्यहरु तिर्थराम कलवार, पूर्णबहादुर राना, छाँयाकुमारी वली, र लिलावती सुनारसहितको टोलीले मोटरसाईकल, ई–रिक्साको र्याली निकालेर वडाको परिक्रमा गरेको छ ।


एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र वली, रबिन्द्र लम्साल, जिल्ला कमिटी सदस्य पार्वती सिंह, हंशराज खनाललगायतको पार्टीका नेतासहितको र्यालीले वडाका मोहनपुर, आलानगर, कण्ठीपुर, सोल्टीहोटल, फुटाह, परिक्रमा गरी पुनः कण्ठीपुरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले नेपालगञ्ज–४ ले मेयर उपमेयरसहितको घरदैलो

२५ बैशाख २०७९, आईतवार १८:०२
नेपालगञ्ज : नेकपा एमाले नेपालगञ्ज–४ ले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी वडातहबाट प्रचार अभियानलाई तिब्र पारेका छन् । यसैक्रममा नेकपा एमाले नेपालगञ्ज–४ कमिटीले गणेशपुर, बसपार्कलाईन घोषिटोलमा मेयर उपमेयर, वडा अध्यक्षका उम्मेदवार टेकबहादुर केसी सदस्यहरु कासिम कपडिया, नन्दा घिमिरे, सृजना सुनार र सन्तोष कौशलसहितको टोलीले प्रचार […]