२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु : प्रशान्त बिष्ट



नेपालगञ्ज : गठबन्धनका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त बिष्टले आफ्नो जनताको माग नै पहिलो प्रँथामिकता हुने बताएका छन ।

शनिबार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धक्बोजी क्षेत्रका मतदाताहरु संग भेटघाटका अवसरमा उम्मेदवार बिष्टले सो कुरा बताएका हुन । उनले आफुलाई मतदाताहरुले आर्शिबाद सहित उत्साह थपिदिएको बताए ।

उनले मतादाताहरुले राखेका मागहरुलाई पहिलो प्राथमिकता दिने बताउदै आफूले बनाएका बिकास योजनालाई कार्यान्वयन गर्ने क्रममा पहिलो प्राथमिकता जनताको चाहना अनुरुप गर्ने कुरामा विश्वस्त हुन आग्रह गरे।

बिष्ट विहानैदेखि घरदैलो अभियानमा जुटेका छन् । वडा नम्बर १ मा वडाअध्यक्षका कांग्रेसका उम्मेदवार बिनोद रिजाल संगै विहान घरदैलो गरेका हुन । वडाअध्यक्ष पदका उम्मेदवार रिजालले वडाको समग्र बिकासका लागि आफूलाई बिजयी गराउन मतदाताहरु संग आग्रह गरे ।

प्रकाशित मिति : २०७९ वैशाख २४ गते शनिबार
ताजा समाचार