प्रतिस्पर्धी कुरा काटेर बस्दै गर्दा घननाथ भने बैजनाथको विकासको कुरा गर्दैछन

सदरलाइन संवाददाता २४ बैशाख २०७९, शनिबार १४:३०
 

बैजनाथ (बाँके) : बाँकेको विकासको सम्भावना बोकेको बैजनाथ गाउँपालिकाको अध्यक्ष बन्ने दौडमा छन् नेकपा एमालेका नेता घननाथ खनाल ।

खनालले बैजनाथलाई आफ्नो राजनीतिक जीवन सर्मपण गरेका छन् । दिनरात नभनी पार्टी संगठन मात्र होइन त्यहाँको हरेक दुःख सुखमा खटिएका उनी अब पालिका अध्यक्ष बनेर बैजनाथलाई जिल्लाकै उत्कृष्ट पालिका बनाउने उद्घोष गरेका छन् ।


आर्थिक, सामाजिक र पर्यटकियरुपमा बैजनाथ उत्कृष्ट बनाउने खनालले बताए । मतदाताको घर–घमा पुगेर बैजनाथ बनाउने भिजन बुझाइरहेका खनाल भन्छन्–‘बैजनाथमा विकासको नयाँ मोडेल बनाउने थुप्रै सम्भावना छ । हामी यसलाई जिल्लाकै उत्कृष्ट पालिका बनाउन चाहान्छौं ।’

खनालप्रति मतदाताकाको आर्कषण देखेर अन्य प्रतिस्पर्धीहरु आत्तिएका छन् । आत्तिएका उनीहरुले भ्रम फैलाउदा खनालले भने बैजनाथलाई उत्कृष्ट पालिका कसरी बनाउने भन्ने भिजन लिएर मतदाताको घरमा पुगिरहेका देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रामदास थारुका योजना ‘राप्तीसोनारीमा अर्गानिक खेति’

२४ बैशाख २०७९, शनिबार १४:३०
राप्तीसोनारी (बाँके) :  एमालेबाट राप्तीसोनारी गाउपालिकामा अध्यक्षका उम्मेदवार रामदास थारुले राप्तीसोनारीलाई कृषिक्षेत्रको पकेट क्षेत्र बनाएर त्यहाँ अर्गानिक खेति गर्ने योजना अघि सारेका छन । नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार थारु र उपाध्यक्ष उम्मेदवार चमेली बाकबलले । कृषिक्षेत्रमा उत्कृष्ट पालिका बनाउने कार्ययोजना सहित यतिबेला यी उम्मेदवारहरुले घरदैलो गरिरहेका छन् । […]