जानकीमा नेपाली कांग्रेसका उम्मेदवारको घरदैलो

सदरलाइन संवाददाता २३ बैशाख २०७९, शुक्रबार १४:२२
 

जानकी : जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको घरदैलो कार्यक्रम सक्रियतापूर्वक भई रहेको छ । जानकी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादवले जनताका समस्यालाई सम्बोधन गर्दै सक्रियतापूर्वक घरदैलो कार्यक्रम गरिरहेका छन् ।

बिहीबार कांग्रेस उम्मेदवारले वडा नम्बर २ मा व्यापक प्रचार प्रसार गरेको छन् । दिनभर कांग्रेस उम्मेदवारहरुले वडा नम्बर २ मा चुनावी प्रचार गरेका हुन् । बाजाँसहित वडावासीको घरदैलोमा पुगेका उम्मेदवारको समर्थनमा वडावासीको व्यापक सहभागिता रहेको छ ।


वडा नम्बर २ को चुनावी प्रचार प्रसारमा कांग्रेस उम्मेदवारले योपटक जनताको सेवा गर्न कांग्रेसलाई भोट दिन अपिल गरेका छन् । अध्यक्ष पदका खाँले वडामा सबै किसिमको विकास गर्न कांग्रेस नेतृत्वको सरकार सक्षम हुने बताए ।

त्यस्तै आज (शुक्रबार) पनि खाँ र यादवलगायतका उम्मेदवारले पालिकाको वडा नम्बर ६ मा व्यापक प्रचारप्रसार गर्दैछन् । वडा २ को कोठारपुर, भाटनपुरलगायतका स्थानमा स्थानीयको सहभागितामा घरदैलो तथा जनतासँगको भेटघाट गर्ने खाँले बताए ।

उत्लासहयरुपमा चुनावी प्रचार भएको उपाध्यक्ष पदकी उम्मेदवार यादव बताउँछिन् । प्रचारप्रसारका क्रममा जनताले आशिर्वाद दिँदै कांग्रेसलाई योपटक समर्थन गर्ने गरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेका उम्मेदवार भन्छन : युवालाई साथमा लिएर नेपालगञ्जको मुहार फेर्छौं

२३ बैशाख २०७९, शुक्रबार १४:२२
नेपालगञ्ज : नेपालगञ्ज–१ का फातिमा खातुनलाई अबको स्थानीय निर्वाचनबाट युवाहरुको मुद्दालाई दह्रो रुपमा उठाउने नेताले जिते हुन्थ्यो भन्ने चाहाना छ । ‘युवाहरुमा बढ्दो बेरोजगारी संगै सक्षम र शिक्षित युवाहरु समेत नेपालगञ्जमा आफ्नो भविष्य नदेखेर विदेश नै पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि युवाहरुको समस्या बुझेको नेताले जित्नु अहिलेको अपरिहार्य आवश्यकता हो’– […]

सम्बन्धित