नेपालगञ्ज–१२ मा मतदाता शिक्षाको लागि नमूना मतपत्र बोकेर घरघर पुग्दै एमाले उम्मेदवार

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १६:५५
 

नेपालगञ्ज :  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एमाले नेपालगञ्ज–१२ का वडा आध्यक्ष र सदस्यका उम्मेदवारहरु घरदैलो सम्पन्न गरि मतादाता साक्षता अभियान लिएर घरघरमा पुग्न थालेका छन् ।

एमालेबाट वडा नं. १२ मा वडा अध्यक्षका उम्मेदवार हेमराज गौतम हरीले वडाका विभिन्न टोलहरुमा उम्मेदवार सहित घरदैलोमा पुगेर मतदातालाई आफ्नो मत जाहेर गर्ने तरिका संगै मतपत्र पटाएर मतपेटिकामा राख्ने तरिका सिकाउन सुरु गरेको बताए ।

उनले आफ्नो पक्षमा मतदान गर्नको लागि वडाका सबै मतदातालाई आग्रह गरी विभिन्न टोलका मतदाताको घरदैलोमा पुगेर नमुना मत पत्र बोकेर मत हाल्ने तरिका सिकाउनुको साथै मतदाताका समस्यहरुको बारेमा जानकारी लिएका थिए ।


मतदाता शिक्षा दिनको लागि घरदैलोमा वडा अध्यक्षका उम्मेदवार हेमराज गौतम (हरी), सदस्यहरु परमात्मा  बर्मा, प्रदीप सापकोटा, ईता शर्मा र बिन्दुकुमारी विकसहित वडाका पुराना तथा अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो अभियानमा एमाले प्रदेश कमिटी सदस्य डम्बरराज सुवेदी, जिल्ला कमिटी सदस्य मनकुमारी सिलवाल, जगदिश शर्मा देवदत्त ढकाल, नगरकमिटी सदस्य तथा वडा ईन्चार्ज विश्वसेन गौतम, वडा कमिटी अध्यक्ष जनकराम भण्डारी, गंगा लम्साल श्यामसुन्दर अधिकारीलगायतको सहभागिता रहेको थियो ।

मतदाताको अपेक्षा अनुसार आफुहरुले वडाको विकास गर्ने सो अवसरमा एमाले नेपालगञ्ज–१२ का उम्मेदवारहरुले प्रतिबद्धता जनाएको वडा कमिटीका अध्यक्ष भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगरसहित बाँकेमा २ जना पक्राउ

२२ बैशाख २०७९, बिहीबार १६:५५
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय जमुनाहाले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बाँकेको बैजनाथ गाउँपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्णा प्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका वडा नं.९ सारु बस्ने २४ वर्षीया दिपिका पुन मगर रहेकी छिन । प्रहरीका अनुसार, भारतबाट भे१२प१४९७ नम्बरको मोटरसाइलमा […]