२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगञ्ज–२२ मा एमालेको घरदैलो



नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एमालेका मेयर, उपमेयरका उम्मेदवार र वडा नं. २२ का सबै उम्मेदवारका साथमा चुनावी घरदैलो सम्पन्न गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार पशुपति दयाल मिश्र, पार्टी केन्द्रीय सदस्य तथा उपमेयरका उम्मेदवार शान्ति ढकाल, सो वडामा वडा अध्यक्ष, वडा सदस्यका उम्मेदवारले वडा नं. २२ को विकासको लागि एमालेको पक्षमा मतदान गर्न आग्रह गरे ।

एमालेको नेतृत्व भएमात्र वडा र समग्र उपमहानगरको विकास संभव भएको भन्दै उनीहरुले आगामी बैशाख ३० मा विषेश चनाखो भएर एमालेलाई मतदान गर्न अपिल गरे । सो अबसरमा निर्वाचन परिचालन कमिटीका संयोजक तथा केन्द्रीय सदस्य मो हारुण, केन्द्रीय सदस्य दीपा शर्मा, प्रदेश कमिटी सदस्य रबिन्द्र लम्साल, डेकनाथ गौतम, निरक गुरुङ्गलगायतका नेता तथा कार्यकर्ताहरु सहभागि रहेका थिए ।

प्रकाशित मिति : २०७९ वैशाख २२ गते बिहीबार
ताजा समाचार