२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

कोहलपुरको अव्यवस्थित बसोवासलाई व्यवस्थित गरिनेछ : भुसाल



कोहलपुर (बाँके) : नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरकम उमेदवार खिलप्रसाद भुसालले भुमिहिन र अब्यवस्तित बसोवासीको समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन् । उनले अव्यवस्थित बसोबासी र भूमिहीनलाई प्रकृया पुरागरी लालपुर्जा वितरण गर्ने कार्य आफ्नो प्राथमिकता रहने बताएका हुन ।

नेकपा एमाले कोहलपुरले वडा नम्बर १ मा भएको घरदैलो कार्यकममा भुसालले कोहलपुर नगरभित्र धेरै भुमिहिन तथा अव्यवस्थित बसोबास मुख्य समस्या भएको र यसलाई जतिसक्दो छिटो समाधान गर्न आफू लागि पर्ने बताए ।

मेयर पदका उमेदवार भुसालले भने–‘कौशिलानगरमा अव्यवस्थित बसोबास र दलितका मुद्दाहरुमा म सजग छु ।’ उनले शिक्षा,स्वास्थ्य, खानेपानी लगायत सामाजिक मुद्दाहरुका बिषयमा एमाले सजग रहेको बताए ।

नेकपा एमाले कोहलपुरले वडा वडामा पुगेर मतदातासंग भेटघाट तथा आफ्नो पार्टीले जितेपछि कोहलपुरमा गर्ने कामहरुको प्रतिबद्दतासहित मतदाताहरुको घरदैलोमा अभियानमा छन ।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार
ताजा समाचार