‘असक्षम सरकारका कारण अर्थतन्त्र धरासायी’

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार २०:१६
 

नेपालगञ्ज : नेपमलगञ्ज उप–महानगरपालिकामा एमालेका तर्फबाट मेयरका प्रत्यासी पशुपति दयाल मिश्रले गठबन्धन सरकारको असक्षमताको कारण अर्थतन्त्र धराशायी बनाएको आरोप लगाएका छन । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नं. १९ मा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

‘सरकारमा भएका व्यक्तिहरुले नै आर्थिक विचलन गरेका कारणले नेपाली जनताले अहिलेको आर्थिक संकट भोग्नु परेको हो’–उनले भने । हरेक क्षेत्रमा विकासका लागि स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकार सबै ठाँउमा एमालेको सरकार आवश्यक रहेकाले यस नगरमा पनि आफुहरुलाई भोट दिएर जिताउन मिश्रले अनुरोध गरे ।

उनले उप–महानगरपालिकाको बाटो हिड्न लायक नभएकोमा जोड दिंदै अबका दिनमा आफुले जिते त्यस्ता बाटोमा सुधार ल्याउने प्रतिबद्धता जाहेर गरे । आफुहरु जनताको गठबन्धन बनाएर चुनाव जित्ने भन्दै उनले सबैलाई साथमा लिएर सबै कुराको विकास गर्नु आफुहरुको एकमात्र उदेश्य र दायित्व भएको उल्लेख गरे ।


सोहि कार्यक्रममा बोल्दै नगरका उपमेयरका प्रत्यासी शान्ति ढकालले आफुले जिते नगरलाई समुन्नत र समृद्ध बनाउने प्रतिबद्धता जाहेर गरिन् । उनले अबको चुनावमा जनताले जिताए आफु भुमि आयोगमा रहँदा बाँकी रहेका कामहरु पुरा गर्ने भन्दै तत्कालिन समयमा गैरजिम्मेवार जनप्रतिनिधि र स्थानीय सरकारको समन्वय नहुँदा लालपुर्जा पाउनुपर्ने २ सय ६ घरधुरीले लालपुर्जा नपाएको प्रति आक्रोश व्यक्त गरिन् । आफुले चुनावमा जिते सबैभन्दा पहिला लालपुर्जा हातमा दिने प्रतिबद्धता समेत जाहेर गरिन् ।

ढाँटेर भोट माग्ने काम आफु्हरु नगर्ने भन्दै ‘जे बोल्छौं त्यो गछौं’– उनले भनिन् ।

कार्यक्रममा बोल्दै सो वडाका प्रत्यासी वडाध्यक्ष धनराज कुर्मीले अहिलेको गठबन्धन विकासका लागि नभएको ठोकुवा गर्दै जनताई भ्रम छर्न सो गठबन्धन गरिएको दावि गरे । उनले वडाको समग्र विकासका लागि आफुहरुलाई जिताउन आग्रह गर्दै विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । चुनाव नजिकिएसंगै उम्मेद्वारहरुले जनता संगको भेटघाट कार्यक्रमलाई तिब्र पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौमुलेमा माओवादी केन्द्रबाट एमालेमा

१९ बैशाख २०७९, सोमबार २०:१६
दैलेख : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेका दैलेख नौमुलेमा एमालेका उम्मेदवारले चुनावी अभियान तीब्र पारेका छन । आगामी वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा दैलेखको नौमुले गाउंपालिकामा ससिराम विश्वकर्माले नेकपा एमालेको तर्फबाट अध्यक्ष र गीता चन्दले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । […]