नेपालगन्जमा सत्ता गठबन्धनका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

सदरलाइन संवाददाता १२ बैशाख २०७९, सोमबार १८:०६
 

नेपालगञ्ज : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट प्रमुख र उपप्रमुख पद पाएका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजा सहितको जुलुसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

जनता समाजवादी पार्टी बाँकेले आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित उम्मेदवारी दर्ता गराएका छन् । नेपालगञ्ज उप–महानगरपालिकाको लागि प्रमुख पदमा नेपाली काँग्रेसका नगरसभापति प्रशान्त विष्ट र उपप्रमुख पदमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएको नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए ।


निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसअघि आइतबार नै राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिकला मगर लगायत २३ वटै वडाका वडा अध्यक्ष र सदस्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख र उप–प्रमुख नपाएपछि नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो भने गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस र जना समाजवादी पार्टीले वडाहरुमा गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेर सबै वडामा उम्मेदवारी दर्ता गराएका छन् । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेककिपा र नेकपा एकिकृत समाजवादी पार्टीले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड गर्मीमा विद्युत अनियमितताले सर्वसाधारणलाई सास्ती

१२ बैशाख २०७९, सोमबार १८:०६
नेपालगञ्ज : सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् । केही समययता बढेको अत्याधिक गर्मीका बीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीको […]