सातौं भूकम्प स्मृति दिवस मनाइयो

सदरलाइन संवाददाता १२ बैशाख २०७९, सोमबार १७:५५
 

काठमाडौं : गोरखा भूकम्पको सातौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।


अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।

विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो। दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्बाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ।

यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुलामा मेयर बन्न साधुले पनि दर्ता गराए उम्मेदवारी

१२ बैशाख २०७९, सोमबार १७:५५
दार्चुला : दार्चुलामा एकजना साधुले मेयर पदमा उम्मेदवारी दिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित जगतपुरी मन्दिरको आश्रममा बस्दै आएका स्वामी रामानन्द सरस्वतीले शैल्यशिखर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले गोकुलेश्वर बहुमुखी क्याम्पसमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउदैँ शैल्यशिखर नगरपालिकामा भइरहेको भ्रष्टाचार अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताएका […]