कांग्रेस बाँकेले टुंगायो उम्मेदवार

सदरलाइन संवाददाता १२ बैशाख २०७९, सोमबार ११:०२
 

नेपालगञ्ज :  आगामी बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट बाँकेका आठवटै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको टुंगो लुम्बिनी प्रदेश संसदीय समिति र बाँकी ६ पालिकाको जिल्ला संसदीय समितिले उम्मेदवार टुंगो लगाएको बाँके कांग्रेसले जनाएको छ ।

नेपालगञ्जमा प्रशान्त विष्ट तथा कोहलपुर नगरपालिकामा पूर्ण आचार्य र उपमेयरमा संगिता पौडेल सुवेदीलाई उम्मेदवार बनाएकोे छ । यस्तै राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा तप्त पौडेल र उपाध्यक्षमा संगिता थारुलाई उम्मेदवार बनाएको छ ।

नरैनापुरको अध्यक्षमा रामचन्द्र मौर्य र उपाध्यक्षमा अतिकुन निशालाई उम्मेदवार बनाएको छ । बजैनाथ गाउँपालिकाको अध्यक्षमा प्रकाश शाही र उपाध्यक्षमा निर्मला रोकाय उम्मेदवार बनेका छन् ।

डुडुवामा अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बानो खाँ तथा जानकीमा अध्यक्ष छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादवलाई उम्मेदवार बनाएको छ । खजुराको उपाध्यक्षमा मञ्जु मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । नेपालगञ्जको उपमेयर र खजुराको अध्यक्ष गठबन्धनका अन्य दललाई परेको छ । नेपालगञ्जको उपमेयर जसपा र खजुराको अध्यक्ष नेकपा माओवादीको भागमा परेको छ ।

कांग्रेसले बाँकेमा १२ गते दिउँसो १ बजे मनोनयन दर्ता गर्दैछ । आठ वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिका
मेयर–प्रशान्त विष्ट
उपमेयर–गठबन्धन (जसपा)


कोहलपुर नगरापालिका
मेयर–पूर्ण प्रसाद आचार्य
उपमेयर–संगिता पौडेल सुवदी

राप्तीसोनारी गापा
अध्यक्ष–तप्त बहादुर पौडेल
उपाध्यक्ष–संगिता कुमारी थारु

जानकी गापा
अध्यक्ष–छब्बन खाँ
उपाध्यक्ष–रामप्यारी यादव

बैजनाथ गापा
अध्यक्ष–प्रकाश बहादुर शाही
उपाध्यक्ष–निर्मला रोकाय

डुडुवा गापा
अध्यक्ष–नरेन्द्र कुमार चौधरी
उपाध्यक्ष–साहिदा बानो खाँ

खजुरा गापा
अध्यक्ष–गठबन्धन (माओवादी)
उपाध्यक्ष–मन्जु मल्ल

नरैनापुर गापा
अध्यक्ष–रामचन्द्र मौर्य चौधरी
उपाध्यक्ष–अतिकुन निशा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेबाट नगरप्रमुखमा मिश्रको उम्मेद्वारी

१२ बैशाख २०७९, सोमबार ११:०२
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा नेकपा एमालेका तर्फबाट नगरप्रमुख पदका लागि पशुपतिदयाल मिश्र र उप–प्रमुखमा शान्ति ढकालले उम्मेद्वारी दिएका छन् । नगर प्रमुख र उप–प्रमुखपद संगसगै २३ वटै वडाका वडाअध्यक्ष र सदस्य पदका उम्मेद्वारहरुले समेत उम्मेद्वारी दर्ता गरेका छन् । सोमबार दिउसो पार्टी कार्यालयबाट शक्ति प्रदर्शन सहित निस्केको र्यालीले नेपालगञ्ज स्थित […]