जसपाका कमरुद्दीन नेपालगञ्जको उपमेयरमा लड्ने

सदरलाइन संवाददाता ९ बैशाख २०७९, शुक्रबार १४:०४
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राई नेपालगञ्जको उपमेयर लड्न तयार भएका छन् ।

मेयरको दाबेदारी गरिरहेका राईले स्थानीय कार्यकर्ताको जनभावना र नेपालगञ्जबासीको चाहना अनुसार आफू उपमेयरमा लड्न तयार रहेको बताएका हुन् । सत्ता गठबन्धन दलहरुले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जसपाबाट उम्मेदवार बनाउने निर्णय गरेसंगै जसपा बाँकेले उक्त निर्णय नमान्ने भन्दै आपत्ति जनाएको थियो ।


राईले पार्टी केन्द्रले गरेको निर्णय गलत भएको भन्दै उक्त निर्णय विरुद्ध संघर्ष जारी राख्ने बताएपनि गठबन्धनको सहमति अनुरुप उपमेयरमा भने उम्मेदवारी दिने प्रतिक्रिया दिएका हुन् । अब उपमेयर बनेर नेपालगञ्जबासीको सेवा गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुलामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

९ बैशाख २०७९, शुक्रबार १४:०४
नेपालगञ्ज : दार्चुलामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । शान्तिपूर्ण र्याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र शिशाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका शिशा फुटाइएको र एमालेका […]