नेपालगञ्जका विद्यार्थीलाई हिमानी कोषको सहयोग

सदरलाइन संवाददाता ७ फाल्गुन २०७८, शनिबार १५:३२
 

नेपालगञ्ज : हिमानी कोषको आयोजनामा नेपालगञ्जमा सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिएको छ । कोषको आयोजनामा शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा पुर्व अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंह र पूर्व शाहज्यादी दिलाशा राज्य लक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाका अनुसार नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभुत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभुत विद्यालयका ६ सय विद्यार्थीहरुलाई पानी स्वत ः प्रशोधन हुने बोतल र मास्क सहयोग गरिएको हो । सो अवसरमा नगर प्रमुख राणाले हिमानी कोषले यसअघि पनि नगरमा सिलाईकटाई तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।


कार्यक्रममा हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौला, कानूनी सल्लाहकार अनिता केसी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही लगायतले हिमानी कोषले मानवीय सहयोगप्रति आभार प्रकट गरेका थिए ।

सो कार्यक्रममा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सन्त श्री निवास लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवामा रेडियो सफल ९२.८ मेगाहर्ज संचालनमा आयो

७ फाल्गुन २०७८, शनिबार १५:३२
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियोको उद्घाटन गरिएको हो । यो संगै डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो संचालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा बानोले रिवन काटेर उद्घाटन गरेकी थिईन […]