२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

एमाले निकट युवासंघद्वारा निर्वाचनको माग गर्दै राँकेजुलुस प्रदर्शन




नेपालगञ्ज :  समयमै स्थानीय तहको निर्वाचन घोषणा गर्न, बढ्दो महंगी र कालाबजारी बिरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ, तथा विद्यार्थीले नेपालगञ्जमा राँके जुलुस प्रदशन गरेका छन् ।

एमाले बाँके परिसरबाट राष्ट्रिय युवा संघका जिल्ला संयोजक ज्ञानु ओली केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज खेम शर्मा, कुश्माखर बस्याल, अनेराश्ववियुका प्रकाश विक लगायतका नेताहरुको अगुवाईमा निस्केको राँके जुलुस पासाङ्गल्हामु मार्ग, सुर्खेतरोड हुँदै बिपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

राँके जुलुसलाई नेपालगञ्ज उपमहानगर अगाडि प्रहरीले हस्तक्षेप गरी तितरबितर पार्न खोजे पनि युवा विद्यार्थीको टोलीले प्रहरीलाई छक्काउदै राँके जुलुस बिपीचोकमा पुर्याएका थिए । कोण सभालार्ई युवासंघका केन्द्रीय सचिवालय सदस्य खेम शर्माले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार
ताजा समाचार