बाँके प्रशासनको सेवा बुधवारदेखि नियमित हुने

सदरलाइन संवाददाता १८ माघ २०७८, मंगलवार १३:११
 

नेपालगञ्ज : कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गएको माघ १२ गतेदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा प्रवाह बुधवारदेखि नियमित हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बुधवारदेखि सम्पूर्ण सेवा नियमित हुने जानकारी दिए । सेवाग्राहीलाई सेवा लिन आउँदा खोपकार्ड भने अनिवार्य गरिएको छ ।


यस्तै मास्क अनिवार्य लगाउन, सेनिटाइजरको प्रयोग गर्न, कार्यालयमा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ । यस्तै रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका सेवाग्राही कार्यालयमा प्रवेश नर्गन कार्यालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ७५ संक्रमित थपिए, ९७ डिस्चार्ज

१८ माघ २०७८, मंगलवार १३:११
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ५८ र एन्टिजेन परीक्षणमा १७ जनागरी ७५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा १५० जनाको नमुना जाँच्दा ५८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३३, कोहलपुर मेडिकल […]

सम्बन्धित