प्युठानमा फेला पर्यो मानव कंकाल

सदरलाइन संवाददाता २५ पुष २०७८, आईतवार १३:५४
 

नेपालगञ्ज : प्युठानको तिखाचुली सामुदायिक वनमा शनिवार बिहान मानव कंकाल फेला परेको छ ।

उक्त कंकाल गत भदौ १२ गतेदेखि हराएका गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीले जनाएको छ । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ ।


घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कंकाल देखेको प्रहरीलाई जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

२५ पुष २०७८, आईतवार १३:५४
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्लाका तीनवटा प्रयोगशालामा एक सय १ सय ३३ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा २४ जना, मेडिकल कलजे कोहलपुरमा ६३ र बागेश्वरी ल्यावमा २४ नमुना परीक्षण गर्दा एक–एक […]