२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बर्दियाका स्थानीय तहहरु स्थानीय पाठ्यक्रम निर्माण गर्दै




गुलरिया (बर्दिया)  :  बर्दियाको ६ वटा स्थानीयतहको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिने अभिभुखिकरण गोष्ठी शूरु भएको छ । सो गोष्ठीमा ५ वटा नगरपालिका र एक गाउपालिका सहभागि रहेका छन् ।

बर्दियाको गुलरियामा शुरु भएको गोष्ठीमा ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउपालिकाका शिक्षाका सरोकारवाला निकायहरु सहभागि रहेका छन् । उनीहरुलाई स्थानीय पाठ्यक्रम सम्बन्धी अभिमुखिकरण गरिएको छ ।

दुइ दिनसम्म संचालन हुने अभिभुखिकरणमा सहभागी पालिकाहरुले हालसम्म निर्माण गरेका स्थानीय पाठ्यक्रमको अबस्था बारे पालिकास्तरको अन्तरकृया समेत गरिएको स्याक नेपालका कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

कार्यक्रममा पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको बारेमा छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुति गर्ने कार्ययोजना रहेको छ ।

गोष्ठीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव, जीतबहादुर शाहले सहजिकरण गर्ने जनाईएको छ । ६ वटा स्थानीयतहको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण गोष्ठीमा शिक्षा शाखा प्रमुख, शिक्षा समितिका पदाधिकारी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका १८ जना पदाधिकारीहरुको सहभागीता रहेको परियोजना अधिकृत शर्माले बताए ।

प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार
ताजा समाचार