कारको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २० मंसिर २०७८, सोमबार १२:४९
 

नेपालगञ्ज : कारको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयामा कारको ठक्करबाट दाङ तुलसीपुर उपमहानगरपालिका–२ का ४० वर्षीय हुकुम डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


 बस रोकेर पिसाब फेर्न सडक पार गर्दा गर्दै आइतबार राती ९ बजे डाँगीलाई प्रदेश ३–०१–०२२ च ५८८४ नम्बरको कारले ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते भएका डाँगीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ना ७ ख ३३९ नं को बस पूर्वबाट पश्चिम तर्फ आइरहेको थियो । सोही दिशाबाट आइरहेको कारले डाँगीलाई ठक्कर दिएको हो । कारसहित चालक भने प्रहरी चौकी अगैयाको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने

२० मंसिर २०७८, सोमबार १२:४९
बैतडी : बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गरेको हो । आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ । उपाधि जित्ने टोलीले […]