नरैनापुरका कक्षा ६–१२ का छात्रालाई निशुल्क साईकल वितरण

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार १९:०९
 


नरैनापुर (बाँके) : बाँकेको नरैनापुर नरैनापुरका कक्षा ६–१२ का छात्रालाई निशुल्क साईकल वितरण गरिएको छ । कक्षा बढ्दै जाँदा विद्यालय छोड्ने क्रम बढेपछि गाउपालिकाले कक्षा ६–१२ का छात्राहरुलाई विद्यालयसंग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसंगको सहकार्यमा निशुल्क साईकल वितरण गरेको हो ।

गाउपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका ३ माध्यामिक विद्यालय र एक आधारभुत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५ सय २ जना छात्रालाई साईकल वितरण गरेको हो ।

सो अवसरमा लुम्बिनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले नरैनापुरको विकासको लागि छात्राको पहुँच विद्यालयसम्म पुराउन आवश्यक भएकोले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत छात्रालाई साईकल वितरण गरिएको बताईन ।

नरैनापुरमा रहेका सामुदायिक विद्यालय मध्ये ३ वटा मावि तह, १ आधारभुत तह र ४२ वटा प्रावि तहका रहेकोले अधिकांश कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बाहाना बनाउदै कक्षा छाड्ने गरेको जनगुनासो आएपछि गाउपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि माथिका सबै छात्राहरुलाई साईकल वितरण गरिएको गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।


उनले नरैनापुर हरेक क्षेत्रबाट पछाडि पारीएको पालिका भएकोले प्रदेश सरकारले यहाँको शैक्षिक क्षेत्रको विकासमा टेवा पुराउने उद्देश्यले छात्राहरुको विद्यालयसम्मको पहुँच बढाउने उद्देश्यले उनीहरुलाई विद्यालय आउन र जानको लागि सहज होस भनेर साईकल उपलब्ध गराईएको बताए ।

गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले पालिकाले शिक्षालाई प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पुराउन छात्रबृत्तिदेखि निशुल्क साईकल वितरण गरेको बताए ।

सो कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउपालिकाको सहकार्यमा ५० लाख बजेट रहेको पालिकाका लेखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । कार्यक्रम शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुको अध्यक्षतामा र सहजिकरण अरुणकुमार यादवले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार ४ जनामा कोभिड पुष्टि

१६ मंसिर २०७८, बिहीबार १९:०९
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ४० नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्याबमा १७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि […]

सम्बन्धित