बर्दिया : दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
दुर्घटनाका घाइते अधिकांश प्यूठान जिल्लाका छन्। घाइते हुनेमा प्युठान नगरपालिका वडा नं ५ की १३ वर्षीया रविना घर्ती, २२ वर्षीया कुमारी राना, ५३ वर्षीया दिलसरा राना, प्यूठान(३ का आरोप खड्का, २२ वर्षीया लक्ष्मी खड्का, सोही ठाउँकै ३९ वर्षीय गणेश घर्ती, ८ वर्षीय विजय घर्तीमगर छन्। त्यस्तै, दुर्घटनामा दाङको लमही नगरपालिका वडा नं ६ देउपुरका ३६ वर्षीय तुलसीराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
गाडीमा १२ जना सवारमध्ये चार जना घाइतेको अवस्था मध्यम, चार जना सामान्य र चार जनालाई केही पनि नभएको डिएसपी रिजालले जानकारी दिए। घाइतेहरूको लमही र घोराहीका अस्पतालमा उपचार भइरहेको छ। प्यूठानबाट दाङको सतबरियातर्फ आउँदै गरेका उनीहरू सवार रा१ज ७३७ नम्बरको सुमो गाडी शनिबार दिउँसो पौने १ बजेतिर पूर्व(पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ अर्जुन खोलानजिकै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। तीब्र गतिका कारण गाडी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।
गाडी चालक प्यूठान नगरपालिका वडा नं ६ का २५ वर्षीय ऋषिराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।