नेपालगञ्जमा एक युवकको शव भेटियो

सदरलाइन संवाददाता १९ आश्विन २०७८, मंगलवार १२:३७
 

नेपालगञ्ज : नेपालगञ्जमा एक युवकको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ गायत्री मन्दिर नजिक खाली जमिनमा १९ वर्षीय रोहित थारुको शव भेटिएको हो ।

रोहितको परिवार लामो समयदेखि वडा नम्बर १ मा बस्दै आएको थियो । उनीहरुको घर बर्दियाको राजापुरमा रहेको बताइएको छ ।


बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताए । मंगलबार बिहान ८ बजे खेतमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्री एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

१९ आश्विन २०७८, मंगलवार १२:३७
नेपालगञ्ज : श्री एयरलाइन्सको जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डौस्थित त्रिभुवन विमानस्थलको पार्किङबाट रनवेतिर जाँदा श्री एयरलाइन्सको जहाज मंगलबार बिहान घाँसमा पुगेको छ । नेपालगञ्ज आउन लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको त्रिभुवन विमानस्थल कार्यालयका एक कर्मचारीले बताए । ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर […]