अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार

सदरलाइन संवाददाता १० आश्विन २०७८, आईतवार १६:४१
 

विराटनगर : उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिलाई खुकरी प्रहार गरी घाइते बनाइएको छ । ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार उच्च अदालत गेटैमा खुकुरी प्रहार भएको हो ।

लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।


खुकुरी प्रहार गरिएका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्याय माग्दै नेपालगञ्जबाट गएको टोलीद्धारा मुख्यमन्त्री कार्यालयमा धर्ना

१० आश्विन २०७८, आईतवार १६:४१
नेपालगञ्ज : गत १ गतेदेखि न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाण्डौसम्मको पैदल यात्रा शुरु गरेको टोली बुटवल पुगेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय अगाडि धर्ना दिन शुरु गरेका छन् । पीडित र अधिकारकर्मीहरुको टोलीले बाँकेमा भएका दुई वटा घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाण्डौसम्मको पैदल यात्रा शुरु गरेका हुन् । […]