नेपालगञ्ज : बाँके प्रहरील २ लाख ४६ हजार ४ सय ४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१० बाट लत्ता कपडा (कुर्ता सुरुवाल), सुपारी, चिनी, गाडी मोटरको पार्ट पुर्जा, सिसाको गिलास र खसी समेत रहेको जनाएको छ ।
बरामद गरिएका सामाग्री आवश्यक कारवाहिका लागि भन्सार कार्यालय नेपालगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।