नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विद्यालयहरु सोमवारदेखि सञ्चालनमा आएका छन् । आठ वटा पालिका रहेको जिल्लाका शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितीमै कक्षाहरु सञ्चालनमा आएका हुन् ।
आइतवारदेखिनै विद्यालय खोल्ने तयारी भएपनि थारु समुदायको अटवारी पर्वका कारण सार्वजनिक विदा भएकाले सोमवारदेखि खुलेका हुन् । यसअघि जानकी, बैजनाथ र नरैनापुर गाउँपालिकाका विद्यालय सञ्चालनमा आइसकेका छन् ।
राप्तीसोनारीका विद्यालयभने मंगलवारदेखि खुल्ने छन् । उता दाङमा पनि सोमवारदेखि विद्यालय सञ्चालनमा आएका छन् । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखदेखि बन्द भएका विद्यालय सोमवारदेखि सञ्चालनमा आएका हुन् ।