राप्ती गाउँपालिका नथप्ने मन्त्री चौधरीको दाबी

सदरलाइन संवाददाता २० भाद्र २०७८, आईतवार १५:५१
 

राप्तीसोनारी (बाँके) : लुम्बिनी प्रदेशका पर्यटन, ग्रमिण तथा शहरी बिकास मन्त्री दिल्ली बहादुर चौधरीले अब राप्ति गाउँपालिका नथपिने बताएका छन् । २०७४ सालमा राजपत्रमा प्रकाशित राप्तीनदीको उत्तर भागलाई राप्ति गाउँपालिका र दक्षिणभागलाई सोनारी गाउँपालिका भनेर टुक्राइएको थियो । तर सरकारले कार्यान्वयन भने गरेको छैन ।

त्यो बिषयले अहिले पनि चर्चा पाइरहेको बेलामा मन्त्रि चौधरीले त्यसलाई इंगित गर्दै राप्ति गाउँपालिका नथपिने बताएका हुन् । शनिवार बाँके जिल्लाको अनुगमनका क्रममा आएका मन्त्रि चौधरीलाई नेपाली काँग्रेस राप्तिसोनारी बाँकेले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले राप्ति गाउँपालिका नथपिने बताएका हुन् ।

मन्त्रि चौधरीलाई राप्तिसोनारीमा भव्य स्वागत समेत गरिएको छ । राप्तिसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी चौधरीलगायत्का नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।

दाङ्गबाट बाँके आएका मन्त्रि चौधरीलाई कुसुमबाट नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले भव्य स्वागत गर्दै नारा र र्यालीसहित स्कर्टिङ्ग गरेर अगैया पुर्याएका थिए । स्वागत कार्यक्रममा बोल्दै मन्त्रि चौधरीले राप्ती नदीको कुसुमदेखि अगैया सम्म ¥याफ्टिङ्ग संञ्चालन गर्ने बताएका छन् ।

जसबाट कमसेकम दुई तिन सय जनाले रोजगारी पाउने मन्त्रि चौधरीको भनाई थियो । मन्त्रि चौधरीले राप्तिसोनारीको भुवारभवानी मन्दिरको दर्शनसमेत गरे । छोटो समय बोलेका मन्त्रि चौधरीले भने, हामी पानी जहाजको सपना देखाउँदैनौं, जनताको खेतखेतमा पानी पुर्याउनका लागि प्रयात्न गर्ने छौ । अब राप्तिको कटान होइन राप्तिको पानी उपयो गर्ने योजनाका साथ काम गर्ने छौ उनले भने । अब रेल होइन, राप्तिसोनारी जस्तो बिकट ठाउँको सबै रोड बनाउन हामी प्रयात्न गर्ने छौं मन्त्रि चौधरीले भने ।

१६ महिने छोटो समयमै आप्mनो सरकारले बिकासको कामको शुरुवात् गरेर अगाडी बढ्ने मन्त्रि चौधरीले जनातालाई अश्वासन समेत दिए । बिकास योजनामा मन्त्रलाय र प्रदेश सरकारले भ्याउने सम्मको बजेट बिनियोजन गरेर तपाईहरुको बिकासको सहयात्री बन्ने आश्वासन समेत मन्त्रि चौधरीले दिए ।


राप्तिसोनारीमा बाटो, पर्यटन, सिचाई र तत्बन्धनको समस्या भएकाले ती योजनामा बजेट कमी हुन नदिने प्रतिबद्धता समेत जनाए । नम्र शैलीबाट प्रस्तुत भएका मन्त्रि चौधरीले थारु संस्कार र सस्कृतिलाई इंगित गर्दै भने, पहिला पहिला राजारजौटालाई नाच देखाउने चलन थियो ।

अब हाम्रो संस्कार र संस्कृतिलाई बचाउ र बेचभन्ने जोबान आइसकेको बताए । अब हामी कोरियाको छ्याङ होइन थारु र मगरको रक्सिलाई व्यपारिकरण गर्न सक्नु पर्ने बताए ।

यस्तै शनिवारै मन्त्रि चौधरीले बैजानाथ ७ को बैजानाथ मार्गमा पर्ने पेडारी बुढी नालामा भत्किएको पुलको अनुगमन समेत गरेका छन् । कोहलपुरका उपमेयर सन्जु कुमारी चौधरी र नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुको अगुवाईमा गरेको पेडारी बुढी नालाको आनुगमनमा दशै पछाडि उक्त नालाको पुलको शिलान्यास गर्ने मन्त्रि चौधरीले बताएका छन् ।

कोहलपुर रबैजानाथको सिमानाको पर्ने बैजानाथ मार्गमा उक्त पुल २० बर्ष देखि जिर्न थियो । नालामा आएको बाढीले एक दशक अगाडी पुल बगाएको थियो । पुल बगाउँदा बैजानाथ ७ पेडारीका नागरिकलाई गाउँपालिकामा सेवा लिन जाँदा सस्ति भोग्नु परेको छ, भने कोहलपुर १५ चन्नहवाका नागरिकलाई खेतीकिसानीका लागि आवातजावत गर्न निकै सास्ति भोग्नु परेको स्थानीयले बताएका छन् ।

उक्त क्षेत्रको सबै भन्दा पुरानो बाटोको रुपमा रहेको बैजानाथ मार्गको पुल निर्माणमा एक दशकसम्म कुनै पनि सरकारको आँख लाग्न सकेको फुलको शिलन्यास गर्ने मन्त्रि चौधरीले बताएपछि स्थानीयहरुमा आश पलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका बिद्यालय आइतवारदेखि सुचारु

२० भाद्र २०७८, आईतवार १५:५१
खजुरा (बाँके) : बाँके खजुरा गाउँपालिकाका विद्यालय आइतवारदेखि सञ्चालनमा आएका छन् । कोभिडका कारण करिव पाँच महिनादेखि बन्द रहेका विद्यालय आइतवारदेखि सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्रले स्मार्ट लकडाउनको पालना हुने गरि स्थानीय तहले विद्यालय संचालनको अनुमति दिनसक्ने निर्णय गरेलगतै खजुरा गाउँपालिकाले आजदेखि विद्यालय सञ्चालन गरेको शिक्षा शाखा […]