बर्दिया : बाँके युनेस्को क्लब नेपालगञ्जद्वारा प्लान इन्टरनेशनलसंँगको साझेदारीमा संचालित ‘गल्स गेट इक्वेल : प्रिभेंटिंग चाइल्ड, अर्ली एण्ड फोर्सड म्यारिज प्रोजेक्ट’ अन्तर्गत नेपाल सरकारको बाल विवाह अन्त्यको लागि सन् २०३० सहितको रणनीतिक लक्ष्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राथमिकता, नीतिगत तथा कानुनी व्यवस्था, चालु पन्ध्रौ योजना लगायतका क्षेत्रमा भर्र्चुअल माध्यामबाट बैठक सम्पन्न गरिएको छ ।
कोरोना कहरका कारण भर्चुअल आयोजना गरिएको सो बैठकको उद्देश्य स्थानीय सरकार, बालअधिकार समिति, नागरिक समाज तथा गैर सरकारी सस्थाको प्रगती समिक्षा, बाल विवाह अन्त्यका लागि स्थानीय सरकारको नीतिगत तथा कानुनी र बजेट कार्यक्रमिक व्यवस्था, घटना व्यवस्थापन, समग्र चुनौती तथा सवालका बारेमा समिक्षा गर्न आयोजना गरिएको बताइएको छ ।
भर्चुअल बैठक माध्यमबाट गुलरिया नगरपालिका, बाल अधिकार समिति र नागरिक समाजसंग बाल विवाह न्युनिकरण तथा रोकथाममा स्थानीय सरकारको प्रगति समिक्षा विषयक अंतराक्रियात्मक कार्यक्रममा नगर उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक सुशिला गिरिका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाल अधिकार समिति, नागरिक समाज र जनप्रतिनिधिहरुको सहभागिता रहेका थियो ।
यसैगरी परियोजना क्षेत्रको बाँसगढी, राजापुर र बढैयाताल गाउपालिकामा पनि यसरि नै छलफल समिक्षा तथा अन्तकृयात्मक कार्यक्रम गरि बाल विवाह विरुद्धको प्रगति प्रतिवेदन तयार गरी जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, तथा चारवटै पालिकाका नगर÷गाउ प्रमुख उपप्रमुख, पत्रकार, नागरिक समाज तथा गैर सरकारी संस्थासंग जिल्ला स्तरीय समिक्षा गरी प्रधानमन्त्रीको कार्यालयमा पठाईने भएको छ ।
यसअघि बर्दिया जिल्लामा बालविवाहको अवस्था तथा स्थानीय सरकारको योगदान, अवसर र चुनौती बारे तयार पारिएको कार्यपत्र पस्तुत गरिने कार्यक्रम तय भएको सो परियोजनाका संयोजक बसन्त कुमार विसीले जानकारी दिए ।