राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

सदरलाइन संवाददाता २ भाद्र २०७८, बुधबार १४:१७
 


काठमाडौं  : सरकारद्वारा सिफारिश गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । बुधबार राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् ।

सरकारले मंगलबारमात्र दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेको भएपनि राष्ट्रपति भण्डारीले सो अध्यादेश बारे अध्ययन गर्नुपर्ने भन्दै समय मागेपछि मंगलबार नै जारी हुन सकेको थिएन । अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट भेरीमा एक महिलाको मृत्यु

२ भाद्र २०७८, बुधबार १४:१७
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा बुधवार थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ कैलालीकी ३४ वर्षीया महिलाको उपचारका क्रममा विहान सवा ११ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । साउन २४ गते कोहलपुर मेडिकल कलेजमा उनको कोभिड पुष्टि भएको थियो । […]