जुम्लामा भालुलाई गोली हानेर मारियो

सदरलाइन संवाददाता २९ श्रावण २०७८, शुक्रबार १३:४५
 

जुम्ला : बजार पसेर मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानी मारिएको छ । बजार पसेको भालुलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोलीले प्रयास गरेको थियो । नियन्त्रणमा लिन नसकिएपछि गोली हानेर मारिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिइन् ।

जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहीबार बिहान भालुले आक्रमण गर्दा चन्दननाथ नगरपालिका–५ कार्कीवाडाका हिमराज रोकाया र उनकी पत्नी निर्मला लाई घाइते भएका छन् । बिहान ४ बजे धारामा नुहाउन जाँदा उनीहरुलाई भालुले आक्रमण गरेको हो । यस्तै साढे ९ बजे चन्दननाथ–४ का २५ वर्षीय आशीष सार्कीलाई पनि आक्रमण गरी घाइते बनाएको छ । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।


डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीका अनुसार भालुलाई जंगलतिर लखेट्न खोज्दा बजार पसेर आतंक मच्चाएको बताए। भालु हिंस्रक प्रकारको रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखियो

२९ श्रावण २०७८, शुक्रबार १३:४५
काठमाण्डौ : रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा पेश चढे पनि हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ । इजलासमा उनको मुद्दा पहिलो नम्बरमै परेको थियो […]