अमेरिकाले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

सदरलाइन संवाददाता २८ असार २०७८, सोमबार १३:५१
 

काठमाण्डौ : अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको कोरोना खोप काठमाण्डौ आइपुगेको हो ।

एक मात्रा (डोज) मात्रै लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज अमेरिकाले पठाएको हो । जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप एक मात्रा लगाए पुग्छ । एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ ।


सो खोप स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले हस्तान्तरण गर्नुभएको छ । उक्त खोप कसलाई र कुन उमेर समूहलाई लगाउने भन्ने विषय टुंगो लागिसकेको छैन ।

यद्यपी विभिन्न कामले विदेश जानपर्ने व्यक्ति तथा शिक्षकहरुलाई दिने विषयमा छलफल चलिरहेको अधिकारीहरूले बताएका छन् । खोपबिना वैदेशिक रोजजारीमा जान नमिल्ने अवस्था आइरहेकाले उक्त खोप वैदेशिक रोजगराीलगायत अन्य कामका लागि विदेश जानेहरुलाई पनि दिन सक्नेबारे छलफल चलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन आदेश

२८ असार २०७८, सोमबार १३:५१
काठमाण्डौ : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्रै प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले एक सय ४६ जना निवेदकको मागअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो […]