कोरोनाबाट बर्दियाका एक जनाको मृत्यु

सदरलाइन संवाददाता २५ असार २०७८, शुक्रबार १२:३७
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा मधुवन नगरपालिका–१ का २८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोभिड संक्रमण पुष्टि भएपछि बिहीवार भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको राती ११ बजे मृत्यु भएको केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा अन्यत्रै जिल्लाबाट उपचारका लागि आएका ३६७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भईसकेको छ ।


त्यस्तै हालसम्म जिल्लाका ३११ जनाको पनि संक्रमणकै कारण मृत्यु भएको छ । अहिले बाँकेमा संक्रमण करिब नियन्त्रणमा छ । जोखिम भने टरिनसकेकाले स्वास्थ्य मापदण्डको पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठ लाख डोज भेरोसेल खोप नेपाल आयो

२५ असार २०७८, शुक्रबार १२:३७
नेपालगञ्ज : सरकारले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोप मध्ये पहिलो चरणको खोप शुक्रबार नेपाल आइपुगेको हो । नेपाल वायुसेवा निगमको बाइडबडी ए३३० जहाजबाट कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याइएको हो । चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो […]