कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २४ असार २०७८, बिहीबार १३:१९
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ बर्दियाकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । असार १० गते कोभिड संक्रमण पुष्टि भएपछि उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६६ जनाको मृत्यु भइसकेको छ ।


कोभिड उपचार गराइरहेका बाँकेका दुई अस्पतालमा अहिले ३३ जना बिरामी उपचारत् छन् । भेरी अस्पतालमा ३२ र वेष्टर्न अस्पतालमा १ गरी ३३ जना संक्रमित बिरामीको उपचार भइरहेको हो । तिमध्ये १३ जना सिकिस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार बाँकेका ५ जनामा कोरोना पुष्टि, ४ जना डिष्चार्ज

२४ असार २०७८, बिहीबार १३:१९
नेपालगञ्ज : बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परिक्षणको ३३.३ प्रतिशत हो । आज ४ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी १५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट बर्दियाकी एक महिलाको मृत्यु भएको छ । […]