नेपालगञ्ज : बाँकेका थप २ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परीक्षणको २० प्रतिशत हो । आइतवार ३ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी १० जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप कसैको मृत्यु भएको छैन ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा ५ जना, मेडिकल कलेज कोहलपुरमा १ जना र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।
हालसम्म बाँकेमा १७ हजार ४ सय ७१ जना संक्रमित भएका छन् । तीमध्ये १७ हजार १ सय १० जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ११ जनाको मृत्यु भएको छ ।
जिल्लामा ५४ जना सक्रिय संक्रमित रहँदा ४० जना अस्पताल र आइसोलेसनमा छन् भने २७ जना होम आइसोलेशनमा छन् ।