बाँकेमा पछिल्लो २४ घण्टामा ३५ संक्रमित थपिए

सदरलाइन संवाददाता १५ असार २०७८, मंगलवार १६:३४
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ सय १८ नमुना परीक्षण गरिएकोमा ३५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा ७० नमुना परीक्षण गर्दा २९, मेडिकल कलेजको प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा १ र बागेश्वरी प्रयोगशालामा १९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना हुन् भने अरु सबै बाहिरी जिल्लाका हुन् । यस्तै पछिल्लो २४ घण्टामा एकजना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा एक साता निषेधाज्ञा लम्बियो

१५ असार २०७८, मंगलवार १६:३४
दाङ : दाङमा एक साता निषेधाज्ञा थप भएको छ । जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एवं दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्वाङले जानकारी दिए । बुधवार १६ गतेदेखि लागु हुने गरि सरकारी कार्यालय, बैंक, बित्तीय सँस्था बिहान १० बजेदेखि र किराना पसल, होटल, बिहान ६ बजे देखि बेलुका ६ […]