बाँकेका अस्पतालमा कोरोना संक्रमितको संख्या घट्यो

सदरलाइन संवाददाता ८ असार २०७८, मंगलवार १३:४७
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस उपचार गराइरहेका अस्पतालमा संक्रमित विरामीको चाप ह्वात्तै घटेको छ । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, वेष्टर्न अस्पताल नेपालगञ्ज र युनाइटेड अस्पतालमा कोरोनाका विरामीका लागि छ्ट्याइएका ९० प्रतिशत बढी बेड खाली भएका छन् ।

दोस्रो लहरमा ४ सय ८८ जना विरामी भर्ना भएका यी अस्पतालमा अहिले ५४ जनामात्रै छन् । तीमध्ये २१ जना सिकिस्त छन् भने ३३ जना मध्यम रहेका छन् । भेरी अस्पतालमा ४७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ५ र युनाइटेडमा २ जना संक्रमितको उपचार भइरहेको छ ।


वेष्टर्नका सवै बेड खाली छन् । कोभिड विरामीको उपचार व्यवस्थापनमा खटिएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार, असार तीन गते यता बाँकेमा भाइरस संक्रमणबाट कुनैपनि व्यक्तिको मृत्यु भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका सरकारी कार्यालयहरु मंगलवारदेखि खुले

८ असार २०७८, मंगलवार १३:४७
नेपालगञ्ज : बाँकेका सरकारी कार्यालयहरु मंगलवारदेखि खुलेका छन । कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाह व्यवस्थित गर्ने गरी सरकारी कार्यालयहरु खुलेका हुन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बैशाख ९ गतेदेखि नेपालगञ्जका र बैशाख १३ गतेदेखि जिल्लाका सबै सरकारी, बैंक तथा वित्तिय संस्थाहरु बन्द थिए । भाइरस संक्रमणको जोखिम […]