बर्दियामा सात जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ असार २०७८, आईतवार १३:००
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बर्दियामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बर्दियामा दोस्रो लहरमामात्रै कुल संक्रमितको संख्या ५ हजार ४ सय ८५ पुगेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनमा खटिनुभएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

बर्दियामा अहिले पनि ५ सय ७९ जना सक्रिय संक्रमित रहेको तथ्याङ्क छ । कुल संक्रमितमध्ये अहिलेसम्म ४ हजार ७ सय ८१ जना डिस्चार्ज भइसकेका छन् । ३९ जना अस्पताल भर्ना भएका छन् ।


तीमध्ये ३ जनाको आइसीयूमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए । ५ सय ३० जना होमआइसोलेसनमा बसिरहेका छन् । दोस्रो लहरमा मात्रै बर्दियामा १ सय २५ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा अमर प्रहरी स्मारकको उदघाटन

६ असार २०७८, आईतवार १३:००
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको उदघाटन गरिएको छ । आइतवार एक कार्यक्रमकाबीच प्रहरी स्मारकको उदघाटन गरिएको बाँकेका एसपी ओम रानाले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक असोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र […]

सम्बन्धित