बाँकेमा २८ संक्रमित थपिए, २८ जना कोरोनामुक्त

सदरलाइन संवाददाता २५ जेष्ठ २०७८, मंगलवार १७:०२
 

नेपालगञ्ज : बाँकेमा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परीक्षणको २४.३ प्रतिशत हो । आज २८ जना नै डिष्चार्ज भएका छन् । यहाँका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी ११५ जनामा कोरोना पुष्टि भएको छ । मंगलवार यहाँका अस्पतालमा थप ४ जनाको मृत्यु भएको छ । त्यसमा बाँकेका एक जना छन् ।

भेरी अस्पतालमा ९५ जना र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका २० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।


हालसम्म बाँकेमा १७ हजार २ सय ८५ जना संक्रमित भएका छन् । ती मध्ये १६ हजार ६ सय ८३ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३ जनाको मृत्यु भएको छ ।

जिल्लामा २ सय ९९ जना सक्रिय संक्रमित रहँदा १ सय ६८ जना अस्पताल र आइसोलेसनमा छन् भने ३ सय ११ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निषेधाज्ञाको नेपालगञ्जमा संयुक्त अनुगमन (फोटो कथासहित)

२५ जेष्ठ २०७८, मंगलवार १७:०२
नेपालगञ्ज : दोस्रो भेरियन्टको कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा संक्रमण दर ओरालो लाग्दै गर्दा गत बैशाखको दोस्रो सातादेखि निरन्तर जारीे निषेधाज्ञा पछिल्लो समय खुकुलो पार्दै लगिएको छ । स्थानीय प्रशाशन, सुरक्षा निकाय, नेपालगन्ज उद्योग व्यापार संघलगायतको संयुक्त प्रयासमा स्वास्थ्यका मापदण्ड प्रयोग गर्दै क्रमिक रुपमा खुकुलो पार्दै लगिएको निषेधाज्ञाको अनुगमन गरिएको […]

सम्बन्धित