२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नेपालगञ्ज र काठमाण्डौमा रहेका हुम्लीद्वारा हुम्लाका स्वास्थ्य संस्थालाई पठाए स्वास्थ्य सामाग्री



नेपालगञ्ज : बाँके र काठमाण्डौमा विभिन्न क्षेत्रमा क्रियाशिल रहेका १४ जना व्यक्तिहरुको सक्रियतामा हुम्ला जिल्लाका स्वास्थ्य संस्थाहरुका लागि २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री पठाइएको छ ।

कोरोना भाईरसको नयाँ भेरिएन्टको संक्रमण हुम्लामा पनि फैलिएको कारण विकट हिमाली जिल्लाका स्वास्थ संस्थालाई कोरोना संक्रमणको रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री संकलन गरी हुम्ला पठाईएको अर्जुन काकीले जानकारी दिए ।

पठाइएका सामाग्रीहरु हुम्ला जिल्लाका ७० वटा स्वास्थ्य संस्थाहरुमा पल्स अक्सिमिटर १ थान, डिजिटल थर्ममिटर १ थान र माक्स ५ सय थानका दरले पठाइ सम्बन्धित स्वास्थ्य संस्थाका व्यवस्थापन समितिलाई जानकारी गराई आम्दानी जनाउन अनुरोध गरिएको कार्कीले बताए ।

हुम्ला जिल्लाका स्थायी बासिन्दा हाल नेपालगञ्जमा बसोबास गर्दै आएकाहरुमा सार्केगाड गाँउपालिका २ रिपका कार्की, ४ का गोर्खबहादुर थापा, कमल शाही, ६ का माइक बुढाथोकी, १ का लोकेन्द्र रावत, सिमिकोट ५ का जीवन बोहोरा, ३ का कुनछिरिङ लामा, तौजाकोट ५ का दानबहादुर ऐडी, चंखेली ६ का भक्तबहादुर शाही, अदानचुली २ का पवन बुढा, ६ का गोविन्द विक र चंखेली ५ का धिरज तामाङ रहेका छन् ।

यसैगरी हाल काठमाण्डौ बसोबास गर्दै आएका खर्पुनाथका ज्वालाराज शाही र सिमिकोट ७ का प्रेमबहादुर शाहीबाट संकलन गरिएको रकमबाट सो स्वास्थ्य सामाग्री खरिद गरिएको हो ।

 

प्रकाशित मिति : २०७८ जेठ २३ गते आइतबार
ताजा समाचार