नेपालमा फेला परेको कोरोनाको नाम ‘डेल्टा’

सदरलाइन संवाददाता १८ जेष्ठ २०७८, मंगलवार १६:५२
 

नेपालगञ्ज : नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका फरक प्रकारलाई नयाँ नाम दिने गरेको छ । त्यहीक्रममा नेपालमा फैलिएको नयाँ भेरियन्टको नाम डेल्टा भएको हो ।

वेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरिएको छ ।

नयाँ भेरियन्ट जहाँ पत्ता लाग्यो त्यहीँ ठाउँबाट चिन्ने गरिएकोमा विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणालीबाट नामाकरण गरेको हो ।


जसअनुसार वेलायतको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिएको छ ।

यसअनुसार नेपालमा भारतीय भेरियन्ट फैलिएकाले यसको नाम डेल्टा भएको हो । डेल्टाको प्रभावले नेपालमा ठूलो मानवीय क्षेती गरेको छ ।

भारत सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि मनाइयो विश्व दुध दिवस

१८ जेष्ठ २०७८, मंगलवार १६:५२
नेपालगञ्ज : दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवन भन्ने नाराका साथ आज विश्व दुध दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । बाँकेमा भेरि अस्पतालमा रहेका कोरोना संक्रमित विरामि, बिरामि कुरुवा, चिकित्सक, नर्श तथा सहयोगीहरुलाई दुध खुवाएर दिवस मनाइएको छ । दुध तथा दुग्ध पदार्थको नियमित […]