भेरी अस्पतालको सुरक्षामा २५ जना प्रहरी थपियो

सदरलाइन संवाददाता १५ जेष्ठ २०७८, शनिबार १६:१२
 

नेपालगञ्ज : भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनापछि अस्पतालमा २५ जना प्रहरीको टोलि परिचालन गरिएको छ ।

कोरोना संक्रमणको महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण पछि सुरक्षाको माग गर्दै शुक्रबार स्वास्थ्यकर्मीहरुको आन्दोलनपछि शनिवार प्रहरी सुरक्षा थप गरिएको हो ।


बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए । उनका अनुसार, महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए ।

प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघिदेखिनै भेरीमा परिचालित छन् । घटनाको बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि अझै समस्या बढेको थियो । सात जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा तीन गुना सुरक्षाकर्मी बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बर्दियामा तीन जना पक्राउ

१५ जेष्ठ २०७८, शनिबार १६:१२
बर्दिया : इलाका प्रहरी कार्यालय मैनापोखरले लागू औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ । लकडाउनको मौका पारेर लागुऔषध कारोबार र ओसारपसार मौलायको खबर बाहिरिदै गर्दा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले भने करिब ७ सय ग्राम लागुऔषध चरेस सहित ३ जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मैनापोखरबाट […]