शुक्रवार बाँकेमा ६५ संक्रमित थपिए, ९४ डिस्चार्ज

सदरलाइन संवाददाता १४ जेष्ठ २०७८, शुक्रबार १७:१३
 

नेपालगञ्ज : बाँकेका दुई वटा प्रयोगशालामा १ सय ९३ नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा १२७ नमुना परीक्षण गर्दा ५१ जना गरि ६५ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका १४ जना छन् । ७ जना महिला र ७ जना पुरुष गरि जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवारसम्म बाँकेमा ७७ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा हालसम्म १६ हजार ९१५ जनामा संक्रमण पृष्टि भएका छन् ।


त्यस्तै हालसम्म १५हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् । जिल्लामा ९४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ४६ जना महिला र ४८ जना पुरुष गरि कुल ९४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

बाँकेमा ६४५ जनाले होम आईसोलेसन र २ सय ४१ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिरहेकाको संख्या १५८ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेद्धारा आकस्मिक रक्तदान

१४ जेष्ठ २०७८, शुक्रबार १७:१३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले बाँके जिल्ला कमिटिले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ नेकपा एमाले बाँके जिल्ला कमिटिद्धारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । […]