बिहीवार बाँकेमा ११९ संक्रमित थपिए, १७७ डिष्चार्ज

सदरलाइन संवाददाता १३ जेष्ठ २०७८, बिहीबार १६:४०
 

नेपालगञ्ज : बाँकेमा बिहीवार ११९ जना कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परीक्षणको ३८.५ प्रतिशत हो । यस्तै बिहीवार १७७ जना डिष्चार्ज भएका छन् । यहाँका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी ३०९ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका ४ जनासहित बिहीवार थप ९ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा २३२ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २१ जना र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।


हालसम्म बाँकेमा १६ हजार ९ सय ३७ जना संक्रमित भएका छन् । ती मध्ये १५ हजार ४ सय ४० जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये २ सय ८६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एम्बुलेन्स खरिदका लागि डा. श्रेष्ठको सहयोग

१३ जेष्ठ २०७८, बिहीबार १६:४०
नेपालगञ्ज : नेपालगञ्ज बिपि चोक स्थित गणपति डेन्टल क्लिनिकका सञ्चालक डा. प्रतिक श्रेष्ठले नेपाल पत्रकार महासंघ बाँकेलाई ३ हजार एक सय रुपैयाँ सहयोग गरेका छन् । महासंघको एम्बुलेन्स खरिद अभियानमा सहयोगका लागि डा श्रेष्ठले सो रकम बराबरको चेक बिहीवार महासंघ बाँकेलाई हस्तान्तरण गरे । डा श्रेष्ठले कोरोना महामारीमा एम्बुलेन्स खरिद […]